कतारका राजा स्वदेश फिर्ता
बैशाख १२, २०८१ बुधबार
रसुवा - डेंगीको प्रकोप बढ्दै गएपछि रसुवामा पनि बिहीबारदेखि डेंगीको परीक्षण सुरु भएको छ ।
जिल्ला अस्पताल रसुवाले र्यापिड डायग्नोष्टिक टेष्ट किट (द्रुत निदान परीक्षण संयन्त्र) ल्याएर बिहीबार सात जना बिरामीको परीक्षण गरेको हो । सात जनामध्ये एक जनामा डेंगी देखिएको अस्पतालले जनाएको छ ।
रसुवा जिल्ला अस्पतालमा परीक्षणका क्रममा डेंगी देखिएका बिरामी चितवनस्थित आफ्नो घर पुगेर आएका थिए । उनी सशस्त्र प्रहरीको जवान भएको अस्पतालले जानकारी दिएको छ । उनको नाम भने सार्वजनिक भएको छैन ।
त्यसैगरी रसुवाकाे कालिका गाउँपालिका–२, कालिकास्थानका ङङ्गप्रसाद आचार्यलाई डेंगी लागेको पुष्टि भएको छ । डेंगीको लक्षण देखिएपछि उहाँलाई बुधबार काठमाण्डाैकाे ग्राण्डी अस्पताल लगिएकामा अस्पतालले डेंगीकाे संक्रमण भएकाे पुष्टि गरेको हाे ।