फाइनल पुगेकाे खुशीमा फुटबल जर्सी लगाएरै बस्याे क्राेएसियाकाे क्याबिनेट

 असार २९, २०७५ शुक्रबार १८:८:० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाको खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ । 

समर्थकहरु खुसीमा डुब्नु त छँदैछ, देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् ।
 
रूस विश्वकपमा इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको क्रोएसियाका मन्त्रीहरुले राष्ट्रिय टिमको जर्सी लगाएर क्याबिनेट बैठक बसे । 

पहिलो पटक फाइनलमा पुगेको टिमको सम्मानका साथै ऐक्यवद्धता जनाउन सबै मन्त्रीहरु राष्ट्रिय टिमको जर्सीमा सजिएर आएका थिए ।

यता राष्ट्रपति कोलिन्डा मैदानमा नै पुगेर देशको समर्थन गरेकी थिइन् । 

यतिमात्र होइन नाटो बैठकमा सहभागिता जनाउन जाँदा पनि उनलाई फुटबलको नशाले छोडेको थिएन । त्यसैले त उनले आइतबार हुने फाइनल जित्ने दावी गरिन् ।

टिम फाइनलमा पुगेको दोस्रो दिन बसेको क्याबिनेटको बैठकमा टिमको खेलका बारेमा नै विशेष कुराकानी भएको थियो । 

त्यस बैठकले खेलाडीलाई पुरस्कारको घोषणा गरेको अनुमान पनि गरिएको छ, तर त्यो भने सार्वजनिक गरिएको छैन ।
 
सन् १९९८ मा सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएर तेस्रो भएको क्रोयसियालाई यसपटक सो हारको बदला लिनुका साथै विजेताको सूचीमा पहिलो पटक आफ्नो नाम लेखाउने सुनौलो मौका हुनेछ ।

 

याे पनि पढ्नुहाेस् :

इंग्ल्याण्डलाई हराउँदै फाइनल पुगेर इतिहास रच्ने दाउमा क्रोएसिया

 इंग्ल्याण्डलाई २-१ ले स्तब्ध बनाउँदै क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनलमा

विश्वकपको फाइनलमा पुगेको क्रोएसियाका बारेमा तपाईँले थाहा पाउनै पर्ने कुरा

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया