इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोड रुपैयाँको कोष

 भदौ २६, २०७६ बिहिबार १९:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि पाँच करोड रुपैयाँको कोष स्थापना गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले बिहीबार काठमाण्डौमा एक कार्यक्रममा इन्द्रजात्राको व्यवस्थापन तथा सञ्चालनका लागि कोष स्थापना गरिएको घोषणा गर्नुभएको हो । 

कोषमा संघीय सरकारले १ करोड ५० लाख, प्रदेश ३ सरकारले १ करोड, काठमाण्डौ महानगरपालिकाले २ करोड र गुठी संस्थानले ५० लाख रकम योगदान गरेका हुन । तीन ओटै तहको साझेदारीमा इन्द्रजात्रा पर्वको संरक्षण तथा सञ्चालनका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष’ स्थापना गरिएको मन्त्री भट्टराईले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकाकै विशेष महत्व बोकेको यो पर्वलाई संरक्षण गर्न गएको भदौ २२ गते बसेको मन्त्रीपरिषद् बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा बोल्दै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौको सबै सांस्कृतिक पर्वहरुको संरक्षणका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

स्थापना गरिएको कोष काठमाण्डौ महानगरपालिकाका प्रमुखको नेतृत्वमा सञ्चालन हुने कार्य योजना पनि तय गरिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया