प्रदेशको अधिकार कटौती हुनेगरी ल्याइएका विधेयक खारेज गराउन अदालत जान्छाैँ: मुख्यमन्त्री राउत

 भदौ २६, २०७६ बिहिबार १९:४७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले संविधानको भावना विपरीत प्रदेशको अधिकार कटौती हुनेगरी ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालत जाने चेतावनी दिनुभएको छ । 

मुख्यमन्त्री राउतले संविधान विपरीत संघीय सरकारले ल्याएको विधेयक स्वत: खारेज हुने संवैधानिक व्यवस्था भएकाले पनि संविधान विपरीत हुनेगरी प्रदेश सरकारसँग सम्बन्धित संघीय सरकारले ल्याएका सबै विधेयक खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी दिनुभएको हो ।

बिहीबार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले संघीय सरकारले आवश्यक वातावरण नबनाएकाले प्रदेश सरकारले कामै गर्न नसकेको तर्क पनि गर्नुभयो । मुख्यमन्त्री राउतले प्रदेश सरकारलाई दिएको वन व्यवस्थापन गर्ने अधिकार कटौती हुनेगरी संघीय सरकारले वन विधेयक ल्याएको दृष्टान्त पेश गर्दै यसलाई खारेज गराउन अदालत जानुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री राउतले मुलुक संघीयतामा गए पनि संघीय सरकारकाे मानसिकता त्यस अनुसारको नरहेको आराेप लगाउँदै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया