विराटनगरमा डेंगीको संक्रमणबाट  एक जनाको ज्यान गयो

 भदौ २६, २०७६ बिहिबार २०:२७:१३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरमा डेंगीको संक्रमणबाट एक जनाको ज्यान गएको छ ।  विराटनगर १० मा रहेको शिक्षा दीप कलेजमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा ज्यान गएको हो ।

विराटनगर–९, भूमि प्रशासन चोकमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका राजकुमार शर्माको छोरा अविनाशलाई भदौ २० गतेदेखि सामान्य ज्वरो आएको थियो । उनलाई घर नजिकै रहेको सप्तकोशी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

सामान्य ओपिडीमा चेक गराएपछि डेंगीको संक्रमण देखिएको थियो ।  पुनः २ दिनपछि ज्वरो र वान्ता हुन थलेपछि त्यही अस्पतालमा भर्ना गरिएको मृतकका काका उमेश शर्माले जानकारी दिनुभयो ।

अस्पतालका फिजिसियन डा. अरविन्द साहले शर्मामा डेंगीको सक्रमण देखिएको बताउनुभयो । २ दिनसम्म स्वास्थ्यमा सुधार नआएपछि अविनाशलाई विराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो ।  

सप्तकोशी अस्पतालबाट मंगलबार गोल्डेन अस्पतालको आईसीयूमा भर्ना गरिएका उनको उपचारको क्रममा बुधबार बिहान  निधन भएको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया