जापानले नेपालका विद्यार्थीलार्इ २७ कराेडकाे छात्रवृत्ति दिने

 असार २९, २०७५ शुक्रबार १८:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाै‌ं - जापानले नेपालको मानव संसाधन विकासका लागि २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ ।  

अर्थमन्त्रालयमा शुक्रबार एक कार्यक्रमकाबीच अनुदान सहायता सम्बन्धी समझदारी पत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साईगोले हस्ताक्षर गर्नुभएको हो ।

यो अनुदान सहयोग सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यका साथ जापानका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन उपयोग हुने छ ।

विगत तीन बर्षदेखि जापानले यस किसिमको छात्रवृत्ति प्रदान गर्दै आएको छ । सन् २०१६ र १७ मा ४० जना सरकारी कर्मचारी जापानका विभिन्न ८ वटा नाम चलेका विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएका छन् भने २०१८ का लागि पनि २० जनाको चयन भईसकेको छ ।

मानव संसाधनका लागि जापानले गरेको यो सहयोगबाट अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास र कानूनी नीति जस्ता विषयमा निजामति सेवाका कर्मचारीले छात्रवृत्ति पाउदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया