चार प्रदेश केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
बैशाख १२, २०८१ बुधबार
रोल्पा – थबाङ गाउँपालिकाको छेर्लबाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको ज्यान गएको छ ।
घरमाथिबाट खनिएको सडक भासिएर खसेको पहिरोले दुई तले ढुंगे घर पुरिँदा २८ वर्षकी थीरकुमारी बुढा, उहाँका ४ वर्षीय छोरा असलको ज्यान गएको हो ।
त्यस्तै थीरकुमारी बुढाका जेठाजु ३८ वर्षका जय बुढा, उहाँकी ३६ वर्षीया श्रीमती मूलज्योति बुढा र उहाँका छोरीहरु ९ वर्षकी देवस्थी र २ वर्षकी करिष्माको ज्यान गएको प्रहरीले जनाएको छ ।