सप्तरीमा टिप्परको ठक्करबाट साइकल यात्रीको ज्यान गयो

 भदौ २७, २०७६ शुक्रबार १९:२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – कञ्चनरुप नगरपालिका–७ को आदर्श टोलमा रहेको फत्तेपुर–कञ्चनपुर सडक खण्डमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको ज्यान गएको छ ।

फत्तेपुरबाट कञ्चनपुरतर्फ आउँदै गरेको ना १ क ७९८३ नम्बरको टिप्परले त्यही दिशा तर्फबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । टिप्परको ठक्करबाट राजविराज नगरपालिका– १० बिगवाका  २० वर्षीय मनोज रामको ज्यान गएको हो । 

टिपरको ठक्करबाट घाइते भएका मनोजलाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर लगिएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साइकललाई ठक्कर दिने टिप्पर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया