एसेज शृङ्खला : इंग्ल्याण्डलाई ७८ रनकाे अग्रता

 भदौ २८, २०७६ शनिबार ६:४४:४० | एजेन्सी
unn.prixa.net

एसेज शृङ्खलाकाे अन्तिम टेस्टमा इंग्ल्याण्डले दोस्रो पारिमा ७८ रनको अग्रता बनाएको छ ।

२९४ रनमा इंग्ल्याण्डलाई समेटेर पहिलो पारि सुरु गरेको अस्ट्रेलिया २२५ रनमा समेटिन पुग्यो । ओभलमा जारी प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाको इनिङ्समा यस पटक पनि स्टिभ स्मिथको ब्याटबाट राम्रो रन बनेको थियो । स्मिथले सर्वाधिक ८० रन बनाउँदा मार्नोस लाबुसचेनले ४८ रन बनाए ।

नाथन लियोनले २५ रन बनाउँदा म्याथु वेडले १९ रनको योगदान गरे । अस्ट्रेलियालाई एकैदिनमा समेट्न इंग्ल्याण्डका जोफ्रा आर्चर एक्लैले ६ विकेट लिए ।

साम कुरानले तीन तथा क्रिस वक्सले १ विकेट हात पारे । दोस्रो दिन नै आफ्नो दोस्रो पारि शुरु गरेको इंग्ल्याण्डले खेल सकिँदासम्म ९ रन जोड्दा कुनै पनि विकेट गुमाएको छैन् । जुन इंग्ल्याण्डको ७८ रनको अग्रता हो ।

टेस्ट च्याम्पियनसिपको रुपमा रहेको यो एसेजमा अस्ट्रेलिया २–१ ले अगाडि रहेको छ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया