नातिनीले गरिन् हजुरबुवाको हत्या

 असार २९, २०७५ शुक्रबार १९:२०:२५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - नातिनीको लाठी प्रहारबाट कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका ९ ईमिलियामा हजुरबुवाकाे ज्यान गएकाे छ । 

१८ वर्षीया नातिनी अस्मिता सुनारले लाठी प्रहार गरेर ८० वर्षीय हजुरबुवा थाने सुनारकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । हत्यामा संलग्न अस्मितालार्इ थप अनुसन्धानका लागि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवि रावलले बताउनुभयाे । 

घरायसी विषयमा सामान्य वादविवाद हुँदा अस्मिाताले हजुरबुवा थाने सुनारलाई विहिवार साँझ लाठी प्रहार गरेकी थिईन् । लाठी प्रहारबाट घम्भीर घाईते भएका सुनारको बुटवलबाट उपचार गरी घर लैजाँदा शुक्रबार विहान मृत्यु भएको उपरीक्षक रावलले बताए । 
  


 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया