म्यानचेस्टर सिटीको अप्रत्यासित हार

 भदौ २९, २०७६ आइतबार ६:३८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिय प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोर्विच सिटीले पाहुना टोली म्यानचेस्टर सिटीलाई ३-२ गोलले स्तब्ध पारेको हो ।

सिटीका लागि नयाँ सिजनमा पाँचौं खेलमा पहिलो पराजय हो । नोर्विचका लागि भने पाँचौं खेलमा दोस्रो जित हो ।

खेलको १८ औं मिनेटमै किन्नी म्याकलीनको गोलमार्फत अग्रता बनाएको घरेलु टोली नोर्विचले त्यसको १० मिनेटपछि अर्को गोल थप्यो । यसपल्ट टड क्यान्टवेलले गोल गरेका थिए ।

सर्जियो एग्यूरोले ४५ औं मिनेटमा गोल फर्काएपछि पहिलो हाफमा नोर्विचले २-१ को अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुमै नोर्विचले ३-१ को अग्रता बनायो । तिमू पुक्कीले गोल गरेका थिए ।

८८ औं मिनेटमा गाव्रियल जेससको पासमा रोड्रि अर्नान्डेजले गोल गरी खेलमा फर्काउने प्रयास गरे पनि ढिला भइसकेको थियो ।

अग्रता बनाएपछि रक्षात्मक रणनीति लिएको नोर्विचबिरुद्ध बल पोजिसन हासिल गरे पनि सिटीले आवश्यक गोल गर्न सकेन ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया