भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

 भदौ २९, २०७६ आइतबार ८:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ५ –२ गोल अन्तरले हरायो । 

उसको जितमा लुइस स्वारेजले २ गोल गरे भने १६ वर्षीय युवा खेलाडी अन्सु फाटीले सिनियर टिमबाट गोल गर्न सफल भए ।

खेलको दोस्रो मिनेटमा नै फाटीको गोलमा बार्सिलोनाले अग्रता बनायो । उनले डी जोङको पासको फाइदा उठाएका थिए । त्यसपछि साताैँ मिनेटमा फाटीको पासमा डी जोङले नै गोल गरी बार्सिलोनाको अन्तर २–० मा पुर्‍याए ।

२७ औं मिनेटमा भ्यालेन्सिले केभिन गेमिरोको गोलमा अन्तर २–१ मा झारेको थियो । पहिलो हाफ २–१ को अवस्थामा रहेको थियो । खेलको ५१ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ३–१ले अगाडि राखे ।

त्यसपछि ६१ औं मिनेटमा लुइस स्वारेजले अरथरको पासमा बार्सिलोनाका लागि चौथो गोल गर्न सफल भए । ८२ औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा लुइस स्वारेजले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे ।

खेलको इन्जुरी समयमा भ्यालेन्सियाका लागि मारीयो गोमेजले गोल गर्दै अन्तर ५ –२ मा झारेका थिए । तर त्यसपछि पाहुना टिम भ्यालेन्सिया खेलमा फर्कन सकेन र पराजित भयो । जितसँगै बार्सिलोनाले चार खेलमा सात अंक बनाएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया