सामसङकाे नयाँ ग्यालेक्सी-J6 स्मार्टफोन बजारमा

 असार २९, २०७५ शुक्रबार २०:५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सामसङ इलेक्ट्रोनिक्सले नयाँ स्मार्टफोन ग्यालेक्सी J6 नेपाली बजारमा ल्याएको छ । 

अनुहारबाट नै मोबाइल फोनलाई अनलक गर्न सकिने सुविधा रहेको ग्यालेक्सी J6 4/64 GB को मूल्य २९,०९० रुपैयाँ तथा 3/32GB को मूल्य २४७९० रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी J6 मा ४२०० एमबीको डाटा बन्डलिङ्ग गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ३५० एमबीका दरले १२ हप्ता सम्म एनसेलको डाटाप्याक निःशुल्क प्राप्तगर्न सक्नेछन् । 

ग्यालेक्सी J6 फोन नीलो, कालो तथा सुनौलो रङ्गमा उपलब्ध छ ।

यो पनि पढ्नुहोस् :

सामसङको  नयाँ A6 तथा A6+ स्मार्टफोन बजारमा

 


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया