घरबेटीलाई प्राधिकरणको चेतावनी‍: भाडामा बस्नेसँग बिजुलीको शुल्क बढी नलिनू

 भदौ २९, २०७६ आइतबार १५:११:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको बढी शुल्क नलिन चेतावनी दिनुभयो ।

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उहाँले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गर्नुभएकाे हाे । 

‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणलाई उनीहरुले जति तिर्छन्, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ ।’  
प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उहाँले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Ram Mali

    Sept. 15, 2019, 7:35 p.m.

    मेरै घरपटीबाले लिनुहुन्छ युनिटको १५ रुपियाँ , नतिरे कोठा छोड भन्छ / पोखरा

  •  0 Reply

तपाईको प्रतिक्रिया