अफगानिस्तानद्वारा बंगलादेश २५ रनले पराजित

 भदौ ३०, २०७६ सोमबार ६:५४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेश टी–२० ट्राइ सिरिजमा अफगानिस्तानले जित हात पारेको छ । अफगानिस्तानले घरेलु टिम बंगलादेशलाई २५ रनले पराजित गर्‍यो ।

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

अफगानिस्तानका लागि मोहम्मद नाबीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा ८४ रनको योगदान दिए । उनले सात छक्का र तीन चौका प्रहार गरेका थिए । यस्तै अस्गर अफगानले ४० रन बनाए । अन्य खेलाडी सस्तैमा आउट भए ।

बलिङतर्फ मोहम्मद सैफुद्धिन एक्लैले चार विकेट लिए भने शकिब अल हसनले दुई विकेट लिए ।

१६५ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.५ ओभरमा १३९ रनमा अलआउट भयो । बंगलादेशका लागि महमुदुल्लाहले सर्वाधिक ४४ रनको योगदान दिए । अन्य कसैले २० रन कटाउन सकनेन् ।

बंगलादेशलाई कम स्कोरमा रोक्नका लागि अफगानिस्तानका मुजिब उर रहमानले चार विकेट लिए । त्यस्तै फरिद अहमद, राशिद खान र गुलबदिन नाइबले दुई–दुई विकेट बाँढे ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया