खुम्बुमा तीन सयभन्दा धेरै पर्यटक अलपत्र

 भदौ ३०, २०७६ सोमबार ७:२२:४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – मौसम प्रतिकुल हुँदा सोलुखुम्बुको लुक्लामा सयौँ पर्यटक अलपत्र परेका छन् ।

गएको तीन दिनदेखि मौसम प्रतिकुल हुँदा खुम्बुबाट काठमाण्डौ फर्कने झण्डै तीन सय जनाभन्दा बढि पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि मौसम परिवर्तन हुदाँ पर्यटकहरु समस्यामा परेका हुन् ।

शुक्रबार २० ओटा उडान तालिका रहेकोमा कुनै पनि उडान हुन सकेन । त्यस्तै, शनिबार २५ ओटा उडान तालिका भए पनि ५ वटा मात्रै उडान भएको थियो भने आइतबार उडान हुन सकेन । 

खुम्बु क्षेत्रमा लागेको बाक्लो कुहिरोका कारण विमान उडान ठप्प भएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया