बैतडीमा सुत्केरी महिलाको ज्यान गयो

 भदौ ३०, २०७६ सोमबार ८:३२:४ | जयराज अवस्थी
unn.prixa.net

बैतडी –  शिवनाथ गाउँपालिकामा एक जना सुत्केरी महिलाको ज्यान गएको छ ।

शिवनाथ गाउँपालिका– १ गाउँसल्लाका दानसिंह चाँडकी २१ वर्षीया श्रीमती गौमती चाँडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

शनिबार रातिदेखि नै सुत्केरी व्यथा लागेर स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा शिशुको जन्म दिए पश्चात् चाँडको ज्यान गएको हो । स्वास्थ्य इकाइमा आइतबार दिउँसो शिशु जन्माउने बितिक्कै चाँडको ज्यान गएको प्रहरीले जनाएको छ ।

शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ । मृतक महिलाका श्रीमान भने रोजगारीका लागि भारतमा छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया