सीपीएल : बार्बाडोस पराजित, सन्दीपको औसत प्रदर्शन

 भदौ ३०, २०७६ सोमबार ८:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेवियन क्रिकेट लिगमा सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्ट जमैका तालेवाजसँग ४ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

उसका लागि एश्ले नर्सले ३७ तथा जेपी डुमिनीले ३१ रन बनाए । त्यस्तै, लेनिको बाउचरले १५ तथा एलेक्स हेल्स र जोन्सन चार्ल्सले १२/१२ रन बनाए । सन्दीपले अविजित रहदै १० रन बनाए ।

जमैकाका जाहिर खानले ३ विकेट लिए । यस्तै, जर्ज वर्कर र रामेल लेविसले २/२ विकेट लिए ।

बार्बाडोसले दिएको १४१ रनको लक्ष्य जमैकाले १८ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । जमैकाको जितमा कप्तान चाडविक वाल्टन अविजित रहदै ५१ रन बनाए । यस्तै ग्लेन फिलिप्सले २८ रन जोड्दा जाभिले ग्लेनले २७ रन बनाए । क्रिस गेलले २२ रन बनाए ।

बार्बाडोसका ह्याडेन वाल्स र जासन होल्डरले २/२ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर १ विकेट लिए । योसँगै सन्दीपले यस सिजन ३ खेलमा ४ विकेट हात पार्न सफल भएका छन् ।

यो जमैकाको पहिलो जित हो । जमैकाले ५ खेलमा २ अंक जोडेको छ । जमैका अंक तालिकाको पुछारमा छ । बार्बाडोसको यो दोस्रो हार हो । बार्बाडोसले ३ खेलमा २ अंक जोडेको छ । बार्बाडोस पाँचौ स्थानमा छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया