ज्ञानेन्द्र शाहीलाई सम्झाएर छाड्दै प्रहरी

 भदौ ३०, २०७६ सोमबार १२:१२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा आइतबार पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले छाड्ने तयारी गरेको छ । 

उनले देखाउँदै आएको अभद्र व्यवहार अब नगर्ने शर्तमा छाड्न लागिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दुर्गा चन्दले जानकारी दिनुभयो । 

शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले त्यही तयारी भएको उहाँले बताउनुभयो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको ठाउँमा प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा शाहीलाई पक्राउ गरिएको थियो ।

शाहीले आइतबार पुल्चोकमा पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया