प्रियंका मिस वर्ल्ड बन्दा उनका पति निक ८ वर्षका थिए

 भदौ ३०, २०७६ सोमबार १९:५१:३३ | एजेन्सी
unn.prixa.net

प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनस १६ सेप्टेम्बर अर्थात सोमबार २७ औँ जन्मदिन मनाइरहेका छन् । उनको खास नाम निकोलस जेरी जोनस हो ।

निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ । सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन् तब निकको उमेर मात्र ८ वर्षको थियो । निक र प्रियंकाकाे सम्बन्धले मायालाई उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएकाे छ । 

 सन् २००६ मा निकको पहिलो एल्बम इट्स अवाउट टाइम आएको थियो, त्यो बेला उनको उमेर मात्र १३ वर्षको थियो ।

निकको जन्म १६ सेप्टेम्बर १९९२ मा अमेरिकाकाे टेक्सासको डालास शहरमा भएको थियो, उनले ७ वर्षको उमेरमा नै काम गर्न सुरु गरेका थिए । निकले सन् २००२ मा आफ्ना पितासँग मिलेर अफ्नो पहिलो गीत जोए टु द वर्ल्ड गाएका थिए, जुन गीत निक आफैँले लेखेका थिए । त्यसपछि उनी गायनको माध्यमबाट चिनिँदै गए । 

सन् २०१४ मा निक जोनलाई बेलायती म्यागेजिन ओके र सन् २०१५ मा अमेरिकी म्योगेजिन पिपुल्स ले सेक्सिएस्ट मेन अलाइभ बाट सम्मान गरेको थियो । 

निकले अहिलेसम्म १७ ओटा म्युजिक एल्बमका लागि गीत गाएका छन् । डेली मेलको रिपोर्टका अनुसार निकको वार्षिक कमाइ २५ मिलियन डलर बराबर रहेको छ ।

प्रियंका र निकले २०१८ काे डिसेम्बर १ तारिखका दिन विवाह गरेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया