गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले

 भदौ ३१, २०७६ मंगलबार ११:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : राजेश पायल राईको फेसबुकबाट

काठमाण्डौ – गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ । 

गायक राई साङ्गीतिक कार्यक्रमका लागि यतिबेला नेपाल बाहिर रहेका छन् ।

गायक राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दर्शक, श्रोता तथा शुभचिन्तककको आशिर्वाद र मायाको अगाडि आगलागीले दिएको पीडा केही नभएको प्रतिक्रिया दिएका छन् ।

उनले लेखेका छन् ‘म पीडामा छैन किनकी तपाइँहरुको आशिर्वाद र मायाको अगाडि यो पीडा, पीडा हैन । मेरो छिमेकीहरुले दर्शाउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँबाटै हार्दिक नमन । अवार्ड जले होलान् तर तपाइँहरुले दिएको आशिर्वाद माया, सुझाव नजलोस् । म सदा तपाइँहरुकै काखमा लुट्पुटिने मान्छे ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया