पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ

 असार ३०, २०७५ शनिबार ६:४०:४८ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनकी छोरी मरियमलाई पक्राउ गरिएको छ । यूएईको आबुधाबीबाट आएको विमानमा लाहोर पुगेका बाबुछोरीलाई विमानस्थलबाट नै नेसनल एकाउन्टीबिलिटी ब्यूरो (एनएबी)का अधिकारीले हिरासतमा लिएको बीबीसीले जनाएको छ । 

एनएबीका अधिकारीका अनुसार शरीफले कारमा जान नमानेपछि विमानमा राखेर  शरीफ बाबुछोरीलाई विमानमा राखेर रावलपिन्डीको अडियाला जेलमा लगिएको हो । भ्रष्टाचारको मुद्धामा पूर्व प्रधानमन्त्री शरीफलाई दश र छोरी मरियमलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ,।  

पाकिस्तानमा यही जुलाई २५ मा नेसनल एसेम्बलीका ३ सय ४२ सिटमा चुनाव हुँदैछ । चुनाव नजिकिँदै गर्दा पाकिस्तानका विभिन्न ठाउँमा हिंसात्मक घटना घटिरहेका छन् । नवाज शरीफ पाकिस्तान आइपुग्नुभन्दा केही पहिले मात्रै दुई अलग–अलग ठाउँमा चुनावी र्‍यालीलाई लक्षित गरी बम विस्फोट भएको गराइएको थियो । 

विस्फोटमा परि कम्तीमा पनि एक सय ३२ जनाको ज्यान गएको छ । त्यसको ठिक दुई दिन पहिले पेशावरमा भएको विस्फोलटमा परि २० जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया