प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै - साफ यू–१८ च्याम्पियनशिप फुटबलका लागि नेपाली टिमका घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले असोज ३ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि अन्तिम २३ जनाको सूची सार्वजनिक गरेका हुन् । काठमाण्डौमा हुन लागेको साफ यू-१८ च्याम्पियनशिपमा नेपालले उदघाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
अन्तिम २३ मा गोलकीपर रोहित कार्की र दिपेश गुरुङले स्थान बनाउन सकेनन् । पोखरामा गरिएको अन्तिम बन्द प्रशिक्षणपछि मंगलबार सार्वजनिक गरिएको खेलाडीको सूचीमा गोलकीपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना रहेका छन् ।
डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा र अन्जल महर्जन छन् । त्यस्तै मिडफिल्डमा शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा परेका छन् ।
फरवार्डमा बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन् ।