भद्रपुर र विराटनगरबाट काठमाण्डाै उडेका जहाज विराटनगरमै अवतरण

 भदौ ३१, २०७६ मंगलबार १५:२६:१० | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ -  विराटनगरबाट काठमाण्डौका लागि उडेको बुद्ध एअरको जहाज काठमाण्डौमा अवतरण गर्न नसकेर पुन: विराटनगर फर्किएको छ । त्यस्तै भद्रपुरबाट काठमाण्डौ उडेका दुई वटा जहाज पनि  फर्किएर विराटनगरमा अवतरण भएको छ ।

विराटनगर विमानस्थलमा बुद्ध एअरको तीन वटा, यती एअरलाइन्सको २ वटा गरी पाँच वटा जहाज विराटनगर विमानस्थलमा अवतरण भएको छ ।   नागरिक उड्ययन प्राधिकरण कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले चन्द्रगढीबाट आएको दुई वटा र विराटनगरबाट उडेको एउटा जहाज फर्किएको जानकारी दिए ।   विराटनगरबाट उडेको जहाज काठमा‌ण्डौमा अवतरण गर्न नसकेपछि विराटनगर नै आएको छ ।

मौसममा आएको खराबीका कारण यती एअरलाइन्स र बुद्ध एअरलाइन्सको जहाज पनि काठमाडौको लागि उड्न सकेको छैन । २ घण्टादेखिको उडानमा भएको अवरुद्धका कारण विराटनगर विमानस्थल खचाखच भरिएको विराटनगरबाट काठमा‍‌‍ण्डाैका लागि उड्न विमानस्थल पुगेका यात्रु चन्द्र उपाध्यायले जानकारी दिनुभयाे ।

लगातारको वर्षाले मौसम बिग्रिएपछि काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा विमान अवतरण बन्द भएको छ । भिजिबिलिटी नै नपुग्ने अवस्था आएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण वन्द भएको त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले  जानकारी दिनुभयाे ।

विमानस्थलबाट हुने उडान भने रोकिएको  छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एअरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया