पाँचखालमा अलपत्र परेका हवाई यात्रुलाई स्थानीयले खुवाए खाना

 भदौ ३१, २०७६ मंगलबार १६:१०:५६ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - माैसम खराबीका कारण  काभ्रेकाे पाँचखालमा आकस्मिक अवतरण गराइएकाे ७ वटा हेलिकप्टरमा रहेका यात्रुलाई स्थानीयले खाना खुवाएका छन् । 

लुक्लाबाट काठमाण्डाै आएकाे मनाङ, सिम्रिक र कैलाश एअरको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक रुपमा काभ्रेकाे पाँचखालस्थित धानबारीमा अवतरण गर्नु परेकाे थियाे । 

धानबारीमा अवतरण गर्नु पर्दा अलपत्र परेका यात्रुहरुलाई पाँचखाल नगरपालिका-२ तिनकुनेका महेश आचार्य र हर्सेका साधुराम सापकोटाले खानकाे व्यवस्था गरेकाे  वडा अध्यक्ष हरि खतिवडाले जानकारी दिनुभयो । 

मौसममा अझै सुधार नआएकाले हेलिकप्टर अझै उड्न सकेकाे छैन । सिम्रिक एअरको हेलिकप्टर उडाउन खोजे पनी नसकेपछि फेरि पाँचखालकै ढुङ्गानाबेसीमा अवतरण भएकाे छ ।

मौसम सुधार नभए नगरपालिकाले गाडीको व्यवस्था गरी पर्यटकलाई काठमाण्डाै पठाउने तयारी भएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: चैत ३, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया