सालकको खपटा र चाँदीको गहनासहित एक जना पक्राउ

 असार ३०, २०७५ शनिबार ८:४८:५५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर –इलाका प्रहरी कार्यालय अमरपुरको गस्ती टोलीले ११ केजी सालकको खपटा र चाँदीको गहनासहित एक जनालाई शुक्रबार पक्राउ गरेको छ । 

मेची राजमार्ग अन्तर्गतको हिलिहाङ गाउपालिका–२ मा गाडी चेक गर्ने क्रममा सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज १४३९ नम्बरको बोलेरो जीपबाट लुकिछिपी ल्याउंदै गर्दा  ५३ वर्षीय फुपुठी शेर्पा पक्राउ परेका हुन् ।

पक्राउ परेका शेर्पाको साथबाट २ थान मोबाइल सेट र १२ हजार नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो । पक्राउ परेका शेर्पामाथि थप अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया