कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन : नेता श्रेष्ठ

 असोज १, २०७६ बुधबार १३:११:४५ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकार र पार्टीको विरोधलाई सहज रुपमा लिनुपर्ने बताउनुभएको छ ।

बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहज रुपमा लिनुपर्ने बताउनुभयो । 'कसैले गर्ने विरोधलाई हामीले अन्यथा लिनु हुँदैन', नेता श्रेष्ठले भन्नुभयो, 'यसलाई स्वभाविक रुपमा नै लिनुपर्छ ।'

उहाँले विरोधका नाममा अराजक गतिविधि गर्नेलाई छाड्न नहुने बताउनुभयो । 'कतिपय कुरा ठिक हुन्छन्, कतिपय कुरा बेठीक हुन्छन्', उहाँले भन्नुभयो, 'हामीले ध्यान दिनुपर्ने कुरा ठिकै रहेछ भनेर लिने र बेठिक कुराहरु यो बेठिक हो भनेर जनतामा जानुपर्छ ।'

नेता श्रेष्ठले सरकारको कामको गति पहिलेभन्दा झन बढ्ने चरणमा रहेको बताउँदै पार्टीका तर्फबाट पनि सरकारको काम कारबाहीलाई निगरानी गरिएको जानकारी दिनुभयो । एकताले पूर्णता पाएको भन्दै उहाँले पार्टीका गतिविधि अब चलायमान हुने दाबी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया