चर्चित उपन्यासकार पाउलो कोएल्होले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीलाई भने ‘महान नायक’

 असोज १, २०७६ बुधबार १९:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित उपन्यास ‘द अल्केमिस्ट’ का लेखक तथा ब्राजिलियन गीतकार पाउलो कोएल्होले भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकीलाई महान नायक भन्दै प्रशंसा गरेका छन् ।

पाउलोले ट्वीट गर्दै नवाजुद्दीनको वेब सीरिज ‘सेक्रेट गेम्स–२’ को समेत तारिफ गरेका छन् । उनले ‘सेक्रेट गेम्स–२’ सिरिजलाई नेट फ्लिक्सको उत्कृष्ट सिरिजमध्येको एक रहेको बताएका छन् । विश्व चर्चित उपन्यासकार पाउलोको प्रशंसा पाएका नवाजुद्दीनले पनि ट्वीट गर्दै उनलाई धन्यवाद दिएका छन् ।

नवाजुद्दीनले ट्वीट गर्दै लेखेका छन्, ‘सर, मैले तपाईँका पुस्तकहरु पढेको छु । ‘द अल्केमिस्ट’ र तपाईँको उपन्यासमा आधारित फिल्म ‘वेरोनिका डिसाइड्स टु डाइ’ पनि हेरेको छु । म सदैव तपाईँको लेखनको प्रशंशक हूँ । तपाईँ जस्तो व्यक्तिको नजरमा पर्न सक्नु र तपाईँद्वारा मेरो नाम उल्लेख हुनु मेरो लागि धेरै ठूलो सम्मान हो । मेरो भावनालाई व्यक्त गर्नका लागि मसँग कुनै शब्द नै छैन । धन्यवाद !’

नवाजुद्दीन सिद्दीकीको अभिनय रहेको वेब शो ‘सेक्रेड गेम्स’ विक्रम चन्द्राको सन् २००६ मा प्रकाशित उपन्यास ‘सेक्रेड गेम्स’मा आधारित छ । यो वेब सिरिजमा कलाकारहरुको बेजोड अभिनय र मनोरञ्ंजनात्मक कहानीले दर्शकको ध्यान आकर्षित गर्न सफल रहेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया