प्रधानन्यायाधीशसमा सिफारिस जोशीविरुद्ध कुनै उजुरी भए दिन विशेष समितको आग्रह

 असार ३०, २०७५ शनिबार ९:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधान न्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध कुनै उजुरी भए उजुरी दिन संसदीय सुनुवाइ विशेष समितिले आह्वान गरेको छ । 

संसदीय सुनुवाइ विशेष समितिले सार्वजनिक सूचना निकालेर संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशको लागि सिफारिस हुनु भएका जोशीविरुद्ध केही उजुरी भए एक हप्ताभित्र दिन आह्वान गरेको हो । 

समितिको इमेल ठेगाना [email protected]  वा ०१ ४२००२७७ नम्बर मा फ्याक्स पठाउन समितिले आग्रह गरेको छ । उजुरी गर्ने व्यक्तिको नाम गोप्य राखिनेछ । प्राप्त उजुरीमाथि सार्वजनिक सुुनुवाइ पश्चात मात्रै समितिले प्रस्तावित व्यक्तिको नाम अनुमोदन गर्नेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया