सुबिसुको दशैँ तिहार अफर : ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टीभी

 असोज १, २०७६ बुधबार १७:३४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुबिसु केबलनेट प्रा.लि.ले बडादशैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टीभी सेवा प्रदान गर्ने भएको छ ।

विभिन्न चाडपर्वमा उपभोक्ताहरुले खुशीयालीका साथ मनाउनका साथै इन्टरनेटको माध्यमबाट सस्तो मूल्यमा एकआपसमा खुशी साट्न पाउन भन्ने उद्देश्यले न्यूनतम मूल्यमा यो सेवा बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यस प्याकेजअन्तर्गत ग्राहकहरुले ९९ रुपैयाँ (कर सहित) मा एक महिनाका लागि ३० एमबीपीएस इन्टरनेट सेवा अथवा त्यही मूल्यमा क्लियर टीभी प्रिमियम प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा ७५ भन्दा बढी एचडी च्यानलसहित २७५ भन्दा बढी डिजिटल च्यानल रहेका छन् ।

साथै १९८ रुपैयाँ (कर सहित) मा ग्राहकहरुले इन्टरनेट र क्लियर टीभी कम्बो प्याकेज सेवा प्राप्त गर्न सक्नेछन् । जसमा २५ एमबीपीएस इन्टरनेट र क्लियर टीभी प्रिमियम प्याकेज रहनेछ ।

यी सेवाहरु सीमित अवधिका लागि मात्र रहने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया