साढे ८ किलाे चरेससहित दाङबाट ३ जना पक्राउ

 असोज १, २०७६ बुधबार १९:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – साढे आठ किलो लागुऔषध चरेससहित प्रहरीले दाङबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा गंगादेवी गाउँपालिकाका २१ वर्षीय गणेश वली, २७ वर्षीय भूपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन् । मोटरसाइकलमा लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा बुधबार बिहान उनीहरुलाई दाङ-रोल्पाको सीमा क्षेत्र दाङको खम्बासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय दाङमा गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) जनक भट्टराईले उनीहरुको साथबाट ८ किलो ५ सय ग्राम चरेस र रा ३ प ४५५९ नम्बरको मोटरसाइकल बरामद गरिएको जानकारी दिनुभयो ।

गएको दुई हप्तामा दाङबाट आठ जना लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया