नक्कली बीजक बिक्री गरी राजस्व छल्ने ७ जनाविरुद्ध मुद्दा दायर, २२ करोड बिगो माग

 असोज १, २०७६ बुधबार १९:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झुटा  र नक्कली बीजक बिक्री गरेर राजस्व छली गर्ने ७ जनालाई राजस्व अनुसन्धान विभागले २२ करोड रुपैयाँ बिगो कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाण्डौै महानगरपालिका वडा नम्बर १२ मा एएस हार्डवेयर सञ्चालन गर्ने सरला बस्नेतसहित ७ जनाले कर छलेको भन्दै विभागले जिल्ला अदालत काठमाण्डौमा सरला श्रेष्ठ, अनंगपाल श्रेष्ठ, घनश्याम पोखरेल, किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतम विरुद्ध २२ करोड २६ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको हो । 

प्रतिवादीहरुलाइ मूल्य अभिवृद्धितर्फ ६ करोड ८९ लाख ३० हजार र आयकरतर्फ १५ करोड ३६ लाख ७० हजार गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ अनुसार  हुने बिगो २२ करोड २६ लाख नौ सय पैतालीस रुपैयाँ मात्र माग दाबी गरिएको विभागले जनाएको छ ।

उनीहरुलाई ३ वर्षसम्म कैद सजाय पनि माग गरिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया