पाल्पामा कालीगण्डकीले बगाएकाे दाउरा समाउन जाँदा एक जना बेपत्ता

 असोज १, २०७६ बुधबार १९:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - कालीगण्डकी नदीले बगाएको दाउरा समाउने क्रममा पाल्पामा एक जना बेपत्ता भएका छन् ।

बगनासकाली गाँउपालिक-६ दर्पुकका ४० वर्षीय गुरु बहादुर बोटे कालीगण्डकी नदीमा  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुई दिनदेखि निरन्तर परेको झरीले नदीमा बगाएर ल्याउने दाउरा समाउन क्रममा बोटेलाई नदीले बगाएको हो ।

बेपत्ता बोटेको खोजी भैरहे पनि अहिलेसम्म भेट्न नसकिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया