दाङको गहतेखोलामा जीप दुर्घटना : १० जना घाइते

 असोज १, २०७६ बुधबार २०:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - दाङको गहतेखोलामा बुधबार बेलुकी जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-३, गहतेखोलामा यात्रुवाहक जीप दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

तुलसीपुरबाट रगैँचा जाँदै गरेको बा ३ ख १६०२ नम्बरको जीप अनियन्त्रित भएर पल्टिँदा दुई जना पैदल यात्रु २ जना र जीपमा सवार आठ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया