सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने २ जनालाई आजीवन जेल

 असोज १, २०७६ बुधबार २०:३३:४९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने दुई जनालाई जिल्ला अदालत धनुषाले आजीवन जेल सजायको सुनाएको छ ।

धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सजायको आदेश दिएको हो  ।

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन जेलसहितको सजाय सुनाएको अदालतले जनाएको छ ।

झण्डै एक वर्षअघि २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशीश यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा केही पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: फागुन २९, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया