बायर्न म्युनिखको सहज जित

 असोज २, २०७६ बिहिबार ७:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगमा जर्मन च्याम्पियन बायर्न म्युनिखले सर्वियन क्लब कारभेना जोभेज्दा माथि तीन शून्यको सहज जित हात पारेको छ । 

घरेलु मैदान अलान्ज स्टेडियममा ७० हजार दर्शकमाझ भएको खेलमा बायर्नको जितमा कोमन, रोबेर्ट लेवान्दोस्की र थोमस मुलरले एक एक गोल गरे । 

उपाधिको दावेदार टिम बार्यनले तुलनात्मक रुपमा कमजोर टिम‍विरुद्ध खेलको ३४ औं मिनेटमा अग्रता बनायो । उसका लागि किंग्स्ले कोमनले गोल गर्न सफल भए । उनले इभान पेरिसिचको पासको सदुपयोग गरेका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नले ८० औं मिनेटमा दोस्रो गोल थप्यो । यसपटक रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै टिमलाई २–० ले अगाडि राखे । 

खेलको इन्जुरी समयको पहिलो मिनेटमा बायर्नले तेस्रो गोल थप्यो । उसका लागि थोमस मुलरले थिएगो एल्कान्त्राको पासको सदुपयोग गरेका थिए । त्यस अगाडि यसै सिजन लोनमा बायर्न पुगेका फिलिप कोउन्टिन्होले गोल गरे पनि अफसाइड दिइएको थियो । 

तर पनि अन्तिममा बायर्नले तीन शून्यको जित निकाल्दै तीन अंक जोड्न सफल भयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया