ओलम्पियाकोससँग बराबरीमा रोकियो टोटनह्याम

 असोज २, २०७६ बिहिबार ९:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपेली च्याम्पियन्स लिगको गएको वर्षको उपविजेता टोटनह्याम ग्रिसको ओलम्पियाकोससँग २-२ गोलको बराबरीमा रोकिएको छ । टोटनह्यामले सुरुवातमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा टोटनह्याम अंक बाँढ्न बाध्य भएको हो ।

ओलम्पियाकोसको मैदानमा भएको खेलको २६औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । त्यसअघि ओलम्पियाकोसको एउटा प्रहार क्रसबारमा लागेको थियो ।

३०औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटनह्यामलाई २–० को अग्रता दिलाए ।

४४औं मिनेटमा डेनियल पोडेन्सले गोल गर्दै ओलम्पियाकोसलाई खेलमा फर्काए । ५४औं मिनेटमा ओलम्पियाकोसले पनि पेनाल्टी पायो । जसलाई माथिउ भाल्बुयना गोलमा परिणत गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो खेलेको ओलम्पियाकोसले केही राम्रो मौका पाएको थियो । तर, गोल भने हुन सकेन ।

बेल्जियमको क्लब ब्रुगे र टर्कीको गलातासारेबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया