संखुवासभा जीप दुर्घटना: तालिम प्राप्त गोताखोर टोलीले पनि भेटेन बेपत्ताहरुलाई

 असोज २, २०७६ बिहिबार २०:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - तालिम प्राप्त गोताखोर टोलीले खाेजी गर्दा पनि संखुवासभाको अक्करको भिरबाट खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको पत्ता लाग्न सकेन ।

सशस्त्र प्रहरी बलकाे विपद् उद्धार गणका ४ जना दक्ष प्राविधिक टोलीले बिहीबार दिनभर खोजी गरे पनि बेपत्ता भएको जीप र जीपमा रहेका भनिएका ६ जनाकाे पत्ता लाग्न नसकेकाे हाे ।

अरुण नदीमा पानी सतह अझै नघटेको र धमिलो भएको हुँदा जीप नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो । उहाँले शुक्रबार बिहान ८ बजेदेखि फेरि खोजी सुरु गरिने जानकारी दिनुभयो । 

 

घटनास्थलमा बिहीबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र राजनैतिक दललगायत स्थानीयहरुको ठूलो भीड लागेको थियो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया