​ पर्यटन बोर्डको वेबसाइट अब चिनिँया भाषामा पनि

 जेठ ७, २०७५ सोमबार १७:२९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ७ – नेपाल पर्यटन बोर्डले चिनिँया भाषामा पनि  वेबसाइट सुरु गरेको छ । 

चिनियाँ  भाषाको वेबसाइट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चीनका राजदूत यू होङले उद्घाटन गर्नुभयो । नेपाल पर्यटन बोर्डले वेबसाइटमा नेपालका मुख्य पर्यटकीय गन्तव्यको भिडियो र फोटोहरु राखेको छ ।

नेपाल पर्यटन बोर्डको वेबसाइट https://www.welcomenepal.com/    लग इन गरेपछि त्यहाँ चिनियाँ भाषाको वेबसाइटhttp://cn.welcomenepal.com/  मा जान सकिन्छ ।

वेबसाइट उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले नेपालमा चिनिँया पर्यटकको संख्या बढ्दै गएकाले यो संख्या बढाउन र उनीहरुको सहजताको लागि यो वेबसाइट सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले नेपालले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउन थालेको र त्यो बेलासम्म नेपालमा अहिले आएका चिनियाँ पर्यटकको संख्या दोब्बरले बढाउनको लागि पनि सरकारले पहल गरिरहेको बताउनुभयो ।

उहाँले आउँदो १० वर्षभित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न पनि जति सक्यो चिनियाँ पर्यटक  तान्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा चीनका राजदूत यू होङले नेपाल पर्याप्त पर्यटकीय गन्तव्य भएकाले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सक्ने भन्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको अभियानलाई सहयोग गर्न प्रतिवद्ध  चीन तयार रहेको बताउनुभयो  । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया