फ्रान्सले विश्वकप जित्न सक्ने तीन कारणहरु

 असार ३०, २०७५ शनिबार १३:२०:३९ | एजेन्सी

विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता विश्वकपको फाइनल पुग्नुका लागि कम मेहनतले पुग्दैन । विश्वका सर्वोत्कृष्ट ३२ टिम र त्यसपछि उनीहरुबीचको प्रतिष्पर्धा ।

त्यही प्रतिस्पर्धाबाट ३० टिमलाई पाखा लगाउँदै निस्किएका दुई टिम फाइनलका हकदार हुन्छन् । असामान्य प्रदर्शनकै कारण दुई टिमले फाइनलमा स्थान बनाएका हुन् । कुनै पनि टिमको यो अभियानमा खेलाडीसँगै प्रशिक्षक, टिम व्यवस्थापन, समर्थक र जित्ने आत्मविश्वास प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् ।

विश्वकप विजेताको नाममा विश्वकप विजेता भनेर लेखिनेछ, जसका लागि टिमले महत्वपूर्ण तयारी गरेका हुन्छन् ।

विश्वकपमा एउटा टिम र त्यसका खेलाडीको नाम इतिहासमा सुनौलो अक्षरले लेखिनेछ ।  आइतबार फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दैछन । फिफा टिम रिपोर्टरले फ्रान्सले किन जित्न सक्छ भनेर तीन कारण दिएका छन ।

१. सोलिडिटी (दृढता)

फ्रेन्च टिमले प्रतियोगिता भरी उत्कृष्ट डिफेन्स र अट्याक्टको नमुना प्रस्तुत गरेको छ । हेरौ केही तथ्यहरु –

–      रसिया विश्वकपमा फ्रान्स जम्मा नौ मिनेट मात्र विपक्षीभन्दा पछि परेको थियो ।

–      उसका लागि  मिडफिल्डर एंगोको  कान्टेले ४८ पटक विपक्षीबाट बल खोस्न सफल भएका छन । रसियामा कुनै पनि खेलाडीले बल पोसेसन फिर्ता लिएको सबैभन्दा बढी हो ।

–      गोलकीपर ह्युगो लोरिसले फ्रान्सको पोस्टमा आएका पछिल्ला सात आक्रमणलाइ विफल पारिदिएका छन ।  

–      विश्वकपका ११ खेलमा आठ जित हात पारेका प्रशिक्षक डिडियर डेसच्याम्प सबैभन्दा धेरै खेल जिताउने प्रशिक्षक हुन् । कम्तीमा १० खेल खेलाउँदा सबैभन्दा धेरै प्रतिशत (७३) प्रतिशत खेल जिताउने पहिलो प्रशिक्षक हुन् ।

–      अर्जेन्टिनाविरुद्धको समूह चरणको खेलमा १९ वर्षीय केलियन एम्बाप्पे पेलेपछि सबैभन्दा कम उमेरमा विश्वकपको फाइनल चरणमा गोल गर्ने खेलाडी बनेका थिए । सन् १९५८ मा पेलेले १७ वर्षको उमेरमा गोल गरेका थिए ।

२. टिम स्पिरिट ( टिम भावना )

‘विश्वकपले व्यक्तिगत क्षमतालाई भन्दा टिमको प्रदर्शनलाई सम्मान गर्छ ।’ यो भनाई बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजको हो । टिम एकता फ्रान्सको शक्ति हो ।

सर्वप्रथम यो स्तरको फुटबलमा हरेक खेलाडीले गोल गर्दै टिमका लागि महत्वपूर्ण योगदान दिन सक्छन् । नकआउट चरणमा गरेको गोल स्ट्राइकरबाट मात्र नभई डिफेन्डर, मिडफिल्डर र फरवार्ड सबैले गरेका थिए ।
 
दोस्रो मानवीय स्तर –
मैदानमा खेलिरहेका खेलाडीले गोल गर्दा सब्स्टिच्यूड खेलाडीका रुपमा बेञ्चमा बसेका खेलाडीले पनि सँगै गोलको खुशीयाली मनाउँछन् ।  फ्रान्सेली टिमको स्टार खेलाडी भनेको फ्रान्स आफै मात्र हो कोही व्यक्तिगत खेलाडी होइन ।  

उनीहरु व्यक्तिगत स्तरबाट समूहमा परिणत भएका छन् । त्यो पनि एकदमै सद्भावपूर्ण समूहमा । तेस्रो रोजाइका गोलकीपरदेखि सुरक्षा प्रमुख सम्म, प्लेइङ इलोभनका खेलाडीदेखि सहायक प्रशिक्षकसम्म टिम मिसनमा शतप्रतिशत सहभागी छन् । यो टिम लामो दूरीसम्म जाने संकेत पनि हो ।

३. इतिहास 

बीस वर्षअघि जितेको पहिलो विश्वकप र अहिलेसम्मको एक मात्र । फ्रेन्च टिम त्यही क्षणलाई दोहोर्‍याउने लक्ष्यमा छ । आइतबार फ्रान्सले उपाधिका लागि क्रोएसियासँग खेल्दैछ । संयोग नै भन्नु पर्छ  १९९८ मा फ्रान्सले फाइनल यात्रा तय गर्ने क्रममा क्रोएसियालाई नै पराजित गरेको थियो ।

त्यसैले फ्रान्सका त्यही नतिजा दोहोर्‍याउन चाहन्छ भने क्रोएसियाका लागि यो बदला  लिने सुनौलो अवसर हो । क्रोएसिया पनि विश्वकप जितेर इतिहासमा सुनौला अक्षरले नाम लेखाउन चाहन्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया