संखुवासभा जीप दुर्घटना : अझै भेटिएन बेपत्ताको शव, गोताखोरको टोलीले खोजी गर्दै

 असोज ३, २०७६ शुक्रबार ११:३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा – धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट जीप खसेर अरुण नदीमा बेपत्ता भएकाहरुको काठमाण्डौबाट आएको तालिम प्राप्त गोताखोरको टोलीले खोजी गरिरहेको छ । 

बिहीबार दिनभर खोजी गर्दा पनि नभेटिएपछि शुक्रबार ८ बजे देखि टोलीले फेरि खोजी कार्य सुरु गरेको हो । सशस्त्र प्रहरी बलका विपद उद्धार गढको दक्ष प्राविधिक टोलीका वरिष्ठ हवल्दार बलराम अधिकारीसहित चार जनाको टोलीले बेपत्ताको खोजी गरिरहेका छन् । 

गएको मंगलबार राति खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।

प्रहरी हवल्दार अधिकारीका अनुसार पानी धमिलो र वहाब बढी भएकाले पनि समस्या भइरहेको छ । उहाँले भन्नुभयो ‘बाढीका कारण पानी लेदोसहित धमिलो छ । पानी भित्र पस्दा करिब एक मिटरको हाराहारी मात्रै देखिन्छ । हामीलाई विश्वास छ हामी पत्ता लगाउँछौँ ।’

अरुण नदीमा पानी सतह अझै सम्म नघटेको र धमिलो भएको हुदाँ जीप नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया