संविधानमा नमिलेका कुरा सच्याउँदै अघि बढ्न सकिन्छ : प्रधानमन्त्री ओली

 असोज ३, २०७६ शुक्रबार १२:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस फगत तामझामका लागि मात्रै नभइ नेपालीको विशेष दिन भएको बताउनुभएको छ ।

संविधान दिवसका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको धारा, दफामा के पायौँ के पाएनौँ भनेर किचलो गरेर बस्नुभन्दा पनि कहाँ के मिल्दैन त्यो सच्याउँदै अघि बढ्न सकिने बताउनुभयो । 

उहाँले नमिलेका संविधानको धारा दफा सच्चाउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । आजको दिन कुनै उर्दी र तामेली दिए जस्तो नभई प्राप्त उपलब्धिप्रति गर्व गर्ने उत्सव रहेकाले सबैले उत्साहका साथ दिवस मनाउन आग्रह पनि गर्नुभयो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया