हरिनास बाबुछोरा हत्याकाण्ड : हत्यामा संलग्न भएको आशंकामा छिमेकी पक्राउ

 असोज ३, २०७६ शुक्रबार १५:२५:१७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – हरिनास गाउँपालिका–३, ललहीका ३३ वर्षीय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षीय रिजन खड्काको हत्यामा संलग्न भएको आशंकामा छिमेकी दिपक भनिने दानबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

नाबालाक छोरासहित बाबु निर्मम हत्या मल्लले गरेको अनुसन्धानबाट देखिन आएको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमतीको किटानी जाहेरी र अनुसन्धानबाट समेत मल्लको संलग्नता देखिएकाले पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता भण्डारीले बताउनु भयो ।

गएको भदौ १७ गते सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी बाबु र  नाबालक छोराको हत्या भएको थियो ।

घटना भएको दिन मृतककी श्रीमती अनिताले घटना हुँदा कालो मास्क लगाएर आएको व्यक्तिले हत्या गरेको बताउनुभएको थियो । घटनाका क्रममा प्रहरीले खुकुरी समेत बरामद गरेको थियो । पक्राउ परेका मल्ललाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: चैत ३, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया