दाङ : संविधान दिवसको अवसरमा विरोध गर्ने ६ जना प्रहरीको नियन्त्रणमा

 असोज ३, २०७६ शुक्रबार १७:४८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - संविधान दिवसको अवसरमा हातमा कालो पट्टी बाँधेर विरोध गर्ने दाङको देउखुरीबाट ६ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडाबाट केही युवालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्ज्वल थपलियाले जानकारी दिनुभयो ।

प्रक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ निवासी एकराज चौधरी लमही-३ वनगाउँका भरत चौधरी, लमही-४ का क्षेत्रपाल चौधरी,राप्ती गाउँपालिका वडा नम्बर-५ का बामदेव चौधरी, लमही-८ सतबरीयाका प्रकाशकुमार चौधरी ,लमही-७ किशोरकुमार घर्तीमगर रहेका छन् ।

पक्राउ पर्नेहरु समाजवादी पार्टी र थहरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता हुन् ।  संविधान दिवसको अवरमा खुशीयाली मनाउनको साटो विरोध गरेको भन्दै पक्राउ परेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया