घट्यो खाना पकाउने ग्यासको मूल्य

 असोज ३, २०७६ शुक्रबार १९:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उपभोक्तालाई राहत दिने गरी निगमले मूल्य समायोजन गरेको हो । 

यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो । 

यसैगरी निगमले अन्तर्राष्टिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ ।  अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजमा तेल हाल्न पाइने छ ।  

घटेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • KD

    Sept. 22, 2019, 9:05 p.m.

    तर राधे राधेका पसलहरु पुरानो स्टकको ग्याँस भनेर १४७५ नै लिइरहेको छ , मूल्य बढ्दा ती पसलले पुरानो स्टक नभनेर "बढेको" मूल्य नै लिने रहेछ / यो कुरा कसले बुझ्ने ? अनि हेर्ने हो ?सम्बन्धित पक्षको ध्यान जावोस् /

  •  0 Reply

तपाईको प्रतिक्रिया