चितवनमा सडक दुर्घटना: चार जना घाइते, एकको अवस्था गम्भीर

 असोज ३, २०७६ शुक्रबार २०:५३:४६ | रासस
unn.prixa.net

चितवन - चितवनमा शुक्रबार सडक दुर्घटना हुँदा चार जना  घाइते भएका  छन् ।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने ठाउँमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना १ज ८४२८ नम्बरको भ्यानलाई विपरीत दिशाबाट आइरहेको लु २ ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा भ्यानमा रहेका चालकसहित चार जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ की ३७ वर्षीया सरीमाया गुरुङको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये अन्य दुई जनाको मध्यम र एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  ।  

घाइतेहरु सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनामा परेका दुई वटै गाडीसहित ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको  छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया