कहाँ हराए अमेरिका र क्यानडाका तीन अर्ब चरा ?

 असोज ४, २०७६ शनिबार ७:१८:२३ | एजेन्सी
unn.prixa.net

एसिया र अमेरिकामा चरा संकटमा पर्न थालेको विभिन्न अध्ययनले देखाएका छन् । साइन्स जर्नल र बायोलोजिकल कन्जरभेसनमा प्रकाशित दुई वटा अध्ययन प्रतिवेदनले ५० वर्षमा एसिया र अमेरिकाका चरा संकटमा पर्न थालेका देखाएका हुन् । 

एउटा अध्ययनले अमेरिका र क्यानडामा सन् १९७० को तुलनामा २९ प्रतिशत कम अर्थात झण्डै तीन अर्ब चरा रहेका देखाएको बीबीसीले जनाएको छ ।

यस्तै, अर्को अध्ययनले जाभा, इण्डोनेसिया लगायका ठाउँमा पाइने एसियन चरा संकटमा परेको देखाएको हो । धेरै चरा अहिले जंगलमा भन्दा पनि पिँजडामा रहेका अध्ययनमा उल्लेख छ ।

यो प्रतिवेदनले चरा संरक्षणको लागि एउटा महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको देखाएको छ । उत्तरी अमेरिकामा भएको अध्ययनले विभिन्न कारण देखाए पनि मानव गतिविधिका कारण कतिपय चरा बासस्थान अभावका कारण लोप भएका देखाएको छ ।

अध्ययन समूहले उत्तरी अमेरिकामा रहेका चराको ५० वर्षदेखि अध्ययन गरिरहेको थियो । यस्तै, अर्को अध्ययनले जंगलबाट समातिएका चराको किनबेचले पनि यो घटेको देखाएको छ ।

विशेषगरी इन्डोनेसियाको जाभामा पाइने गीत गाउने चरा(सङबर्ड) एसियाका विभिन्न क्षेत्रमा बिक्री भइरहेको छ । जाभामा मात्रै ७ करोड ५० लाख चरा घरपालुवाको रुपमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया