प्रेस पास नवीकरण गर्न चिनियाँ पत्रकारहरुले राष्ट्रपति सी जिनपिङकाे विचारधाराका बारेमा परीक्षा दिनुपर्ने

 असोज ४, २०७६ शनिबार १३:४०:४९ | एजेन्सी
unn.prixa.net

चिनियाँ पत्रकारहरुले राष्ट्रपति सी जिनपिङको विचारधाराका बारेमा एउटा परीक्षा पास गर्नुपर्ने भएकाे छ । चिनियाँ पत्रकारले राष्ट्रपति सीकाे समाजवादी विचारधाराका बारेमा आफ्नाे 'पाेजिसन' के हाे भन्ने कुराकाे परीक्षा पास गर्नुपर्ने छ ।

गएको महिना चिनियाँ सञ्चारमाध्यमलाई नियमन गर्ने संस्थाले राज्यका दर्जनभन्दा बढी समाचार संगठनलाई बेइजिङमा सूचना पठाएको थियो । यसले कर्मचारीहरुलाई ‘स्टडी सी’ प्रोपोगाण्डा एप सम्बन्धमा एक परीक्षाका लागि तयार गर्न निर्देश दिन्छ ।याे एप यस वर्षको सुरुवातमा लञ्च गरिएको थियो ।पत्रकारहरुकाे प्रेस दस्तावर्ज नवीकरण गर्न याेपरीक्षा उत्तीर्ण गर्नु जरुरी हुनेछ।

यो नियमन चाँडै नै देशभरिका चिनियाँ पत्रकारहरुमा लागू हुने धेरैले विश्वास गरेका छन् । बेइजिङ बाहिरका रहेका दुई पत्रकारहरुले उनीहरुको प्रकाशन गृहले पनि एप पञ्जीकरण गर्न सूचना पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनलाई बताए । 

‘मलाई लाग्छ, माथिदेखि तलसम्म नियमबाट कोही अछ्ताे रहन सक्दैन’, पूर्वी शान्दाेंग प्रान्तका एक प्रसारक संस्थाका संवाददाताले आफू यस विषयमा कुरा गर्न आधिकारिक व्यक्ति नभएकाे भन्दै बताए।

चीनकाे सञ्चारमाध्यम नियामक संस्था मिडिया रिफर्मका अनुसार पत्रकारहरुलाई लिइने परीक्षा त्यति कठिन हुनेछैन । सम्पादकहरुले आफ्ना संवाददाताहरुलाई पठाएको सन्देशमा समाचार संगठनलाई अध्ययन समूह स्थापना गर्न र परीक्षाका लागि तयारी गर्न भनिएको छ । 

परीक्षा एक पटक मात्र लिन सकिने जनाइएको छ । पत्रकारहरुले आफ्नो प्रेस कार्ड हरेक पटक नवीकरण गर्नु पर्ने हो वा ५-६ वर्षको अन्तरालमा नवीकरण गर्नुपर्ने हो, यकिन नभएको बताएका छन् ।  

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया