दाङमा जुवाको खालबाट एक लाख रुपैयाँसहित आठ जना पक्राउ

 असोज ४, २०७६ शनिबार १४:२९:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - जुवाको खालबाट झण्डै एक लाख रुपैयाँ नगदसहित ८ जनालाई प्रहरीेले दाङको तुलसीपुरबाट पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५, बसपार्कमा रहेकाे सल्यानी होटलमा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला सल्यान घर भएर हाल तुलसीपुरमा सल्यानी होटल सञ्चालन गरी बस्ने ३३ वर्षीय तेज बहादुर रावत,  दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने ३० वर्षीय रमेश रावत छन् ।

त्यस्तै दाङ शान्तिनगरका २७ वर्षीय सुरेश चन्द, बाँके नेपालगञ्जका ४० वर्षीयछोट्टन राई, दाङकै बबई गाउँपालिकाका २४ वर्षीय नबिन बस्नेत, सल्यानका २६ वर्षीय यम बहादुर पुन,त्यसै ठाउँका २५ वर्षीय आदेश शाही तथा सल्यानकाे कपुरकोट घर भएका २९ वर्षीय को कृष्ण बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले जुवाकाे खालबाट नगद रु ९९ हजार ३ सय ७५ रुपैया ९ थान  मोबाइल तथा २ गड्डी तास समेत बरामद गरेको छ ।

प्रहरीले उनीहरुलाई शुक्रवार राति  नियन्त्रणमा लिएर शनिवार दिउँसो मात्रै घटना सार्वजनिक गरेको हो । उनीहलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर आवश्यक कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया