बालकोटको कपास उद्योगमा आगलागी, २५ लाख क्षति भएको अनुमान

 असोज ५, २०७६ आइतबार ९:१४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटमा सञ्चालित मनकामना कपास उद्योगमा आइतबार बिहान आगलागी भएको छ । भोजपुर षडानन्द नगरपालिका –४ दिङलाकी सरिता चौलागाईंले सञ्चालन गरेको कपास उद्योगमा बिहान ५ बजे आगो लागेको कामदारले बताएका छन् ।

के कारणले आगोलागी भयो भन्ने यकिन नभए पनि आगोलागीका क्रममा उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको थियो ।

दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दाको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ । आगलागीबाट कारखानामा रहेका कपाडा, कपडा पेलेर बनाइएको कालो कपास, मेसिन औजार र अन्य सामान जलेर नष्ट भएका छन् । 

प्रहरीका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँको क्षति अनुमान भएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया